बेसार खानुहुन्छ नि ? यसरी खाए चमत्कारी फाइदा छन्, थाहा पाउँनुहोस्

काठमाडौं : प्रायजसो व्यक्तिले बिहान उठ्ने वित्तिकै मन तातो पानी पिउने गर्छन्। कसैले मन तातोपानीमा मह वा कागती मिसाएर पिउने गर्छन् भने कसैले नुन राखेर पिउने गरेका हुन्छन्। तर बिहान उठ्ने वित्तिकै खाली पेटमा मन तातो पिउनु स्वास्थ्यका लागि फाइदा नै हुन्छ।

तर कमै मात्र व्यक्तिले मनतातो पानीमा बेसार राखेर पिउने गर्छन्।खासमा बेसारको फाइदाबारे जानकारी नहुँदा बेसार पानी नपिएको हुनसक्छ। बेसार एउटा यस्तो खान्की हो जसले खानालाई स्वादिलो मात्र बनाउँदैन जस्तोसुकै परिकारलाई पनि पहेलो रङमा बदलिदिन्छ।

हामीले परिकारसँग खाएको बेसारले पनि निकै फाइदा पुर्‍याइरहेको हुन्छ।यसमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता रहेको हुन्छ।अनुसन्धानका अनुसार नियमित बेसार खाने व्यक्तिलाई सानोतीनो रोगले सताउँदैन।

अकस्मात घाँटी दुखेमा वा शरीरमा दुखाइ भएमा बेसार पानी पिउँदा निकै राहत पुग्छ।यस्तो अवस्थामा बेसारले एउटा अौषधिको काम गरेको हुन्छ। यस्तो शक्तिशाली खान्की बेसारले सौन्दर्य प्रसाधनको रुपमा पनि उत्तिकै महत्वपूर्ण भूमिका खेलेको हुन्छ।छालाको समस्याका लागि बेसार अचुक अौषधि नै मानिन्।बेसनको पीठोमा बेसार र अलिकति मह मिसाएर अनुहारमा लगाउँदा अनुहारमा भएको दागधब्बा हटेर जान्छ।बेसारले उमेर नपुग्दै आउने चाउरीपनाबाट समेत बचाउँछ।

बेसारबाट हुने फाइदाहरु
१- बेसारमा करक्युमिन नामक रसाय रहेको हुन्छ। यसले सुन्निएको शरीरमा दुखाई कम गर्ने काम गर्छ।

२- बिहान उठ्ने वित्तिकै मन तातो पानीसँग बेसार मिलाएर खाएमा दिमाग तेज हुन्छ।

३- बेसारले एक शक्तिशाली एन्टीअक्सिडेन्टको रुपमा काम गर्छ।यसले क्यान्सर उत्पादन गर्ने कोशिकाहरुसँग लड्ने काम गर्छ।

४‍- बेसार मिसाएर पकाएको खाना पचाउन सजिलो हुन्छ।

५- नियमित बेसार पानी पिउँदा यसले रगत सफा गर्नुका साथै शरीरमा रगत जम्न दिँदैन।

६- शरीर दुखेको समयमा बेसार खाँदा यसमा रहेको करक्युमिन तत्वले दुखाइ कम गर्न ठूलो भूमिका खेल्छ।

७‍- नियमित बेसार पानी पिउँदा अनुहारमा आउने चाउरीपनाबाट बच्न सकिन्छ। यसले सयम नपुग्दै आउने चाउरीपनालाई रोक्ने काम गर्छ।

८- नियमित बेसार पानी पिउँदा मधुमेहको खतरा कम हुन्छ।

दूधमा बेसार मिसाएर पिउनुको यी चमत्कारी फाइदा

दुध स्वास्थ्यका लागि जति गुणकारी मानिन्छ, उत्तिनै बेसार पनि । यी दुबैमा औषधीय गुण पनि हुन्छ । कति यस्ता चिज हुन्छन्, जो आफैमा स्वास्थ्यबर्द्धक हुन्छ । तर, अर्को त्यस्तै बस्तुसँग मिश्रण गर्दा त्यसको गुण हराउँछ वा त्यसले उल्टो असर गर्छ ।

तर, दुध र बेसार आपसमा मिश्रण गर्दा थप गुणकारी बन्छ । बिगतमा चिसो लाग्दा दुधमा बेसार मिसाएर पिइन्थ्यो । तर, यसले शरीरको चिसो मात्र हटाउने काम मात्र गर्दैन, अरु धेरै फाइदा गर्छ ।

कसरी पिउने ?

बेसार शुद्ध र मिसावट नभएको हुनुपर्छ । साथै, दुध पनि ताजा र जैविक हुनुपर्छ । सकेसम्म प्याकेटको दुध पिउनुहुन्न । दुध उमालेपछि तर निकाल्नु पर्छ । त्यसमा एक चिया चम्चा बेसार मिसाएर पिउन सकिन्छ । दुधलाई तातो अवस्थामा पिउनु राम्रो मानिन्छ ।

कहिले पिउने

कुनैपनि खानेकुरा कुन समय खाने भन्ने कुराले पनि स्वास्थ्यमा प्रभाव पार्छ । जस्तो दही स्वास्थ्यका लागि राम्रो हो तर, राती सुत्नुअघि दहीको सेवन प्रत्युत्पादक हुन्छ । ठीक यसैगरी दुधको सेवन चाहि राती सुत्नुअघि गर्न सकिन्छ । बेसार मिश्रण गरिएको दुध राती पिउनु लाभदायक मानिन्छ ।

कलेजको बिषाक्त पदार्थ हटाउँछ

दुधमा बेसार मिसाएर पिउँदा त्यसले प्राकृतिक तरिकाले कलेजोको बिषाक्त पदार्थ निकाल्छ । यसैले गर्दा रगत शुद्धिकरण पनि हुन्छ ।

पाचन यन्त्र चुस्त राख्छ

दुधमा बेसार मिसाएर पिउँदा पाचन प्रणाली चुस्त रहन्छ । तर, धेरै फ्याट भएको दुध सजिलै पच्दैन ।

हड्डी बलियो बनाउँछ

बेसार र दुधको मिश्रणमा क्याल्सियम बढी हुन्छ । दैनिक यस्तो दुध पिउनाले हड्डी बलियो बनाउँछ ।

क्यान्सरसँग लड्ने क्षमता

बेसारमा करक्यूमिन रहेको हुन्छ । यसले क्यान्सरको कोसिका रोक्ने क्षमता राख्छ । त्यसैले दुध र बेसार पिउदा क्यान्सरसँग लड्ने क्षमता पनि बढ्छ ।

राम्रो निन्द्रा लाग्छ

यदि तपाईलाई अनिन्द्राको समस्या छ भने बेसार र दुध पिउनु लाभदायक हुन्छ । बेसार मिसाइएको दुधमा ट्रायटोफन हुन्छ, जसले राम्ररी निन्द्रा लगाउँछ ।

अल्सरमा उपयोगी

दुध र बेसार यस्तो शक्तिशाली एन्टी सेप्टिक हुन्छ, जसले पेटको अल्सरलाई समेत ठीक गर्छ । यसले पाचनलाई राम्रो बनाउँछ । अल्सर, डाइरिया र अपच हुन दिदैन ।

महिनावरीमा हुने दुखाईबाट छुटकारा

बेसार भएको दुध पिउदा महिनावरीको क्रममा हुने दुखाई पनि कम गर्छ ।

प्रकाशित मिति June 26, 2020