दिपेश थापा
सिन्धुली, असार १२ । सिन्धुलीमा थप तीन जना कोरोना संक्रमित थपिएका छन् । कमलामाई नगरपालिका ७, १० र दुधौली नगरपालिका ३ का पुरुषहरुको कोरोना चेकजाँच रिपोर्ट पोजिटिभ आएको सिन्धुली अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठले जानकारी दिए
उनीहरुलाई सिन्धुली अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए । सिन्धुलीमा यसअघि ४ जनामा कोरोना संक्रमण देखिएकोमा ३ जना निको भएर घर फर्किसकेका छन ।
एकजना अहिले पनि अस्पतालको आइसोलेसनमा उपचाररत छन । नयाँ ३ जना संक्रमित थपिएपछि सिन्धुलीबाट नै स्वाब संकलन गरिएका ४ जनामा कोरोना देखिएको छ ।
यस्तै सिन्धुली स्थायी ठेगना भएका काठमाडौंमै चेकजाँच गरिएका अन्य ३ जनामा पनि कोरोना संक्रमण देखिएको जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहले जानकारी दिए ।
शाहका अनुसार, अहिलेसम्म सिन्धुलीबाट ५४३ जनाको स्वाब पठाइसकेकोमा ३२ जनाको रिपोर्ट भने आउन बाँकी छ । आज पनि तीनपाटन एरियाबाट स्वाब संकलन भइरहेको शाहले बताए
प्रकाशित मिति June 26, 2020