“Enough is Enough” का अभियान्ता अनशनस्थलबाटै पक्राउ

काठमाडौं, असार १२। केही दिनयता सामाजिक सञ्जाल फेसबुकको ‘कोभिड १९ : ‘इनफ इज इनफ’ नामक प्राइभेट ग्रुपमार्फत युवाद्वारा सडक प्रदर्शन जारी छ ।

कोभिड १९ विरुद्ध चालिएका कदमहरुबाट असन्तुष्ट युवाको यो समूहले सरकारलाई ध्यानाकर्षण गर्न प्रधानमन्त्री निवास बालुवाटारदेखि देशका मुख्य सहरका भौतिक दूरी कायम गरी सरकार विरुद्ध प्रदर्शन गर्दै आएको छ ।

यसै क्रममा आज ललितपुरको पाटनमा ‘इनफ इज इनफ’का अभियान्ता इशान अधिकारी (ई) आमरण अनसनमा बसेका हुन् । कोरोना नियन्त्रणमा सरकारले हेलचक्राइ गरेकाे भन्दै उनी सरकारविरुद्ध अनिश्चितकालिन अनसनमा बसेका हुन्।

इनफ इज इनफ का अभियान्ताद्वारा जारी अनसनका क्रममा आज साँझ प्रहरीद्वारा २ जना अभियान्तालाई अनसन स्थलबाटै पक्राउ गरेको छ । पक्राउ परेका युवाहरुले हिरासतमा पनि अनसन बस्ने जनाएका छन् ।

तस्बिर / सामाजिक संजाल

प्रकाशित मिति June 26, 2020