रवी लामिछाने रिहा भएपछी विश्वभरका समर्थकहरुले खुसीयाली मनाइरहेका छन

चितवन – अदालतले रिहा गरे लगत्तै विश्वभर लामिछानेका शुभेच्छुक र आफन्तले खुशीयाली मनाएका हुन्। रविको पक्राउसँगै लगातार ११ दिनसम्म समर्थकहरुले चितवनमा विरोध प्रदर्शन गर्दै आएका थिए । उनको रिहाइसँगै समर्थकहरुले सामाजिक सञ्जालहरुमा पनि खुसीयाली व्यक्त गरिरहेका छन् । जिल्ला अदालत चितवनको परिसरमा पनि ठूलो संङख्यामा समर्थहरु स्वागतका लागि उपस्थित भएका छन् ।

पत्रकार शालिकराम पुडासैनी आत्म*हत्या प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्दा लागेका सञ्चारकर्मी रवि लामिछानेलाई चितवन जिल्ला अदालतले ५ लाख धरौटीमा रिहा गरेको छ । कानुन व्यवासायीको बहसपछि अदालतले लामिछानेसँग ५ लाख धरौटी माग गर्ने आदेश दिएको हो ।

जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई ५ लाख तारेखमा धरौटीमा रिहा गर्न आदेश दिएको हो । सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए । आरोपितहरु मध्ये युवराजलाई तीन लाख धरौटी र अस्मितालाई साधारण तारेखमा रिहा गरेको हो । आत्म*हत्या गर्नुअघि पत्रकार पुडासैनीले रेकर्ड गराएको भिडियोको आधारमा चितवन प्रहरीले सञ्चारकर्मी लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई आत्म*हत्या दुरु*त्सा*हनको मुद्दा दायर गरेको थियो । मुद्दामा अभियुक्तहरुसँग अदालतले आइतबार र सोमबार गरेर दुई दिनसम्म बयान लिएको थियो । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा उनीहरुको बयान सकिएपछि थुन छेकको लागि मु*द्दाको पक्षमा र विपक्षमा वकिलहरुले बहस गरेका थिए ।

प्रकाशित मिति August 26, 2019