काठमाडौं, असार १३ । बारा जिल्लाका शिव बच्चन साह रौनियार गत मार्च महिनामा धेरै कमाउने सपना देखेर यूएई पुगेका थिए। तर काम थालेकै दिन उनले रोजगारी गुमाउनुपर्यो।
केही साताअघि उनी नेपाली दूतावासमा गएर सहयोगको याचना गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
बीबीसी संगको कुराकानीमा उनले आँखाभरि आँसु निकाल्दै भने, ‘दूतावासमा ४० पटक धाइसकेँ तर मेरो कुरा कसैले सुन्दैनन्।’
हेर्नुहोस् उनीसँग कुराकानी गरेर सृजना श्रेष्ठले बनाएको यो भिडियो –
उनी हिजो फर्कन पाएनन्
यूएई आएको पहिलो दिनदेखि नै अलपत्र परेका रामपुर १२ कलैया बाराका शिव वचन शाह रौनियार संगै अर्का एक नेपाली हिजोको उडानबाट स्वदेश फर्किन पाएनन् । नेपाल फर्किन नेपाली दूतावासको सहयोगमा हवाइ टिकटको व्यवस्था गरेर उहाँहरुलाई विमानस्थल लगिएको थियो ।
उहाँहरुको कोरोना परीक्षण गरेर बोर्डिङ पास पाएपछि पनि कानुनी प्रक्रिया पूरा नभएकोले स्वदेश फर्किन नपाउनुभएको हो । अब आउँदो उडानमा एअरलाइन्ससँग समन्वय गरेर उहाँहरुलाई स्वदेश फर्काइने युएई स्थित नेपाली दूतावासले जनाएको छ ।
दुबईबाट शुक्रबार १ सय ५३ जना नेपाली बोकेर नेपाल एअरलाइन्स उडेको थियो ।
स्रोत – बिबिसी नेपाली
प्रकाशित मिति June 27, 2020