सुनको मूल्यले कायम गर्‍यो एतिहासिक रेकर्ड

काठमाडौं, असार १४ । आइतबार सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा पुगेर ऐतिहासिक रेकर्ड कायम भएको छ। शुक्रबार ९० हजार ६ सयमा कायम भएको सुन आज सात सयले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ७१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घटबढ भएकोले नेपालमा पनि त्यसको असर परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

आज चाँदीको मूल्य ९ सय ४५ रुपैयाँमा कायम छ। यो मूल्य शुक्रबारको तुलनामा ५ रुपैयाँले बढी हो।

 

तपाईंलाई यो खबर कस्तो लाग्यो ?  कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति June 28, 2020
Loading...