नारायणी तिरको सन्देश : धेरै नेताले भन्दा एकजना रविले धेरै गरेका रहेछन

साेमबार प्रहरी हिरासतबाट मुक्तभएपछि पहिलोपटक मंगलबार चितवनको नारायणी नदी तीरमा जनता र समर्थकहरुलाई धन्यवाद दिन आयाेजित ‘धन्यवाद सभा’ मा उपस्थित जनसमुदायको सहभागीताले एउटा नयाँ सन्देश दिएको छ, दर्जनौ ठुल ठुला नेताहरु लाइन लागेर जादा पनि त्यती जनता उतार्न सक्दैन, आउँदैनन पनि तर रवी एक जनाको लागि तेती धेरै जनता स्वत:स्पुर्त हुँदा यती चाँही भन्न सकिन्छ कि धेरै नेताहरुले भन्दा एकजना रविले देश जनता र समाजको लागि धेरै काम गरेका रहेछन । नारायणी नदी तीरमा मंगलबार दिउँसो २ बजेदेखि सुरु भएको ‘धन्यवाद सभा’मा रविका लाखौँ समर्थक फूलमाला बोकेर रविलाई शुभकामना दिन आएका थिए । रवि लामिछानेले सम्बोधन गर्दै गर्दा सहभागीहरु खुशीले ताली र सिठ्ठी बजाउँदै समर्थन जनाए । रवि लामिछानेले देश विदेशमा रहेका जनता र समर्थकहरुलाई आफ्नाे रिहाइका लागि गरेकाे संघर्षप्रति धन्यवाद दिँदै आफू सधैँ जनताको आवाज बोल्ने प्रतिबद्धता जनाएका छन् ।

रवि लामिछानेले सरकार र नेताहरुको कार्य र सोचले गर्दा देश अहिले यो अवस्थामा छ र आफू कहिल्यै पनि राजनीतिमा नआउने, तर आफ्नो संचारकर्मीको पेशालाई सधैँ उच्च ठाउँमा राखेर जनताको आवाज टेलिभिजनबाट बुलन्द गर्ने बाचा गरे । आफ्नो सम्पतिकोबारेमा आएको टिप्पणीलाई लिएर रविले भने, “सरकारले मेरो सम्पति हेरे हुन्छ, मेरो ऋण देख्दा सरकार ढल्ने हुन् कि भन्ने पो डर छ ।”

रवि लामिछानेको समर्थनमा काठमाडौंमा निस्किएको र्या*लीमा सहभागी भएकाहरुले रवि लामिछाने जस्ता युवा अब देशको प्रधानमन्त्री हुनुपर्ने बताएका छन् । उनीहरुले अब मुलुकको नेतृत्व युवा वर्गले लिनुपर्ने भन्दै रवि लामिछानेलाई मुलुकको भावी प्रधानमन्त्रीको रुपमा हेरेको बताए । काठमाडौंको नयाँ बानेश्वरमा भएको र्या*लीमा सहभागी भएका रविका समर्थकले र्या*ली पछि भएको कोणसभामा बोल्दै यस्तो बताएका हुन् ।

उनीहरुले अब केपी ओली, प्रचण्ड र शेरवहादुर जस्ता नेतालाई जनताले परिक्षा गरिसकेको भन्दै युवा*पुस्ताले अब मुलुकको ने*तृ*त्व गर्ने अवसर पाउनु पर्ने बताए । रविका समर्थक नेताले मन्तब्य राख्दै त्यसो भनिरहँदा र्या*लीमा सहभागीहरुले तालि बजाएर उनको भनाईलाई समर्थन गरेका थिए ।

कोण सभा चलिरहँदा चितवनमा रवि लामिछाने रिहा भएको खबर पाएपछि उनी निकै हौसिएका थिए । निकै आक्रामक रुपमा प्रस्तुत भएका उनीहरुले काठमाडौंमा र्याली गर्ने वातावरण बनाइदिएको भन्दै सु*र*क्षा*क*र्मी*लाई धन्यवाद समेत दिएका थिए । काठमाडौंमा र्या*ली र आन्दोलन गर्दा हस्तक्षेप नगरेको भन्दै रविका समर्थकले प्रसंशा गरेका थिए ।

प्रकाशित मिति August 28, 2019