भक्तपुरमा ढुङ्गा प्रहार गरी एकको ह,त्या, ह त्या आरोपमा सिन्धुलीका युवक पक्राउ

भक्तपुर, असार १५ । भक्तपुर नगरपालिका ४ गहिटी स्थित ढुंगा प्रहार गरी एक जनाको ह त्या भएको छ । प्रहरीका अनुसार सोमबार बिहान गहिटीस्थित सार्वजनिक पाटीमा अन्दाजी ४५ वर्षीय जडीबुटि उपनामले चिनिने कृष्ण तामाङ मृ त अवस्थामा फेला परेका हुन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा सामान्य आपसी वि’वादमा सिन्धुली जिल्ला तीनपाटन गाउँपालिका घर भइ गहिटी बस्ने ३० वर्षीय इन्द्रबहादुर तामाङले ढुङ्गा प्र हार गरी ह त्या गरेको खुलेको छ ।
ह त्याको आरोपमा इन्द्रबहादुरलाई प्रहरी नियन्त्रणमा लिई आवश्यक कारबाही थालेको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी दिपक गिरीले बताए । इन्द्रबहादुर गहिटीमा ज्याला मजदुरी गर्दै आएका थिए ।

मृतक तामाङको टाउको, निधार र चिउडोमा चोट लागेको छ । मृतकको श व पो स्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोटमा पठाइएको डीएसपी गिरीले बताए ।

प्रकाशित मिति June 29, 2020
Loading...