थप ४६८ जनामा संक्रमण, सङ्क्रमित संख्या १३ हजार २४८

काठमाडौं, असार १५ । नेेपालमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या १३ हजार २४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले साेमबार पछिल्लो २४ घण्टामा देशभर थप ४६८ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो ।

डिस्चार्ज

थप १२१ डिस्चार्ज भएका छन् । याेसँगै निकाे हुने तीनहजार ३१३४ पुगेकाे छ । पछिल्लो २४ घण्टामा देशभर १३ महिला, पुरूष १०८ जना डिस्चार्ज भएका छन्।

क्वारेन्टाइनमा ९७ हजार ३६८ र आइसोलेसनमा दशहजार ८५ जना रहेका छन् ।

प्रकाशित मिति June 29, 2020
Loading...