रुपन्देहीमा कार र मोटरसाइकल ठोक्किँदा बाबु–छोराको मृत्यु

बुटवल, असार १५ । रुपन्देहीको सैनामैनामा कार र मोटरसाइकल एकआपसमा ठो,क्किँदा दुई जनाको मृ,त्यु भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकलमा सवार सैनामैना १ का ३० वर्षीय सन्तोष परियार र उनका बुबा ५० वर्षीय टेक बहादुर परियार रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए ।

कपिलवस्तुबाट बुटवलतर्फत आउँदै गरेको लु २ च ८५२९ नम्बरको कार र विपरीत दिशाबाट आइरहेको गरेको लु ५२ प ६२२९ नम्बरको मोटरसाइकल पूर्वपश्चिम राजमार्ग अन्तर्गत सैनामैनाको रामापुर कलौली नजिक शान्तिटोलमा एकआपसमा ठोक्किए उनीहरु ग,म्भीर घाइते भएका थिए ।

घाइते दुवैको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृ,त्यु भएको राठौरले बताए । कार र मोटरसाइकल नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति June 29, 2020