डब्ल्यूएचओ भन्छ : कोरोना नियन्त्रणका लागि जर्मनी, दक्षिण कोरिया र जापानको बाटो अवलम्बन गर्नु

एजेन्सी : विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले कोरोना भाइरसको म,हामारीले अझै चरम रूप लिन बाँकी नै रहेको चेतावनी दिएको छ ।

डब्लुएचओका महानिर्देशक ट्रेडोस एड्हानोमले विश्वभरका सरकारले सही नीति पालना गरेनन् भने कोरोना भाइरसले अझै धेरै मानिस संक्रमति हुने जोखिम रहेको बताएका छन् । उनले भने  म,हामारी नियन्त्रणका लागि जर्मनी, दक्षिण कोरिया तथा जापानको बाटो अवलम्बन गर्नुपर्ने पनि उल्लेख गरे । ति देशमा लगातार परीक्षण गरिरहेको अनि परीक्षणको प्रभावकारी नीति अपनाइएको छ । जसले गर्दा संक्रमण नियन्त्रणमा उनिहरुले सफलता पाइरहेका छन् उनले भने ।

भर्चुअल प्रेस ब्रिफिङका क्रममा उनले म,हामारी अन्त्यवाट संसारका मुलुकहरु अझै टाढा रहेको बताएका हुन् । संक्रमण नियन्त्रणमा केही देशले राम्रो काम गरिरहेपनि विश्वस्तरमा महामारी फैलावटको गति तीव्र बनिरहेको भन्दै उनले चिन्ता समेत प्रकट गरेका छन् ।

समस्या सुल्झाउनका लागि विश्व एकता र सहकार्य नभए थप ख,राव समय आउनसक्ने उनको चेतावनी छ ।

कोरोना संक्रमणको छ महिनामा ५ लाखभन्दा बढीको मृ,त्यु भैसकेको छ । विश्वमा कोरोना भाइरसबाट संक्रमित भएका मानिसको संख्या डेढ करोड पुग्न लागेको छ । कोरोना म,हामारीकै कारण कति देशको स्वास्थ्य क्षेत्र त,हसनहस भएको छ । विश्व अर्थतन्त्र अत्यन्त ख,राब अवस्थाबाट पुगेको छ ।

प्रकाशित मिति June 30, 2020
Loading...