बालबालिकामा कोरोना संक्रमण बढ्यो, अभिभावक सचेत हुनुस् : स्वास्थ्य मन्त्रालय

काठमाडौं, असार १७ । सरकारले नेपालमा बालबालिकामा कोरोना संक्रमण बढ्दै गएको भन्दै अभिभावकलाई सचेत हुन आग्रह गरेको छ ।

नेपालमा १८ वर्षमुनिका २ हजार ६१ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए

सुदूरपश्चिममा ९ वर्षमुनिका १ सय ७५ जनामा कोरोना संक्रमण भएको छ भने केहीको मृत्यु भएको छ । डा. गौतमका अनुसार सुदूरपश्चिममा कोरोना संक्रमण भएका बालबालिकाहरु सबै आमाबुबासँगै भारतबाट फर्किएका हुन् ।

बालबालिकामा कोरोना संक्रमण देखिए अरुमा सर्ने सम्भावना बढी हुने भन्दै मन्त्रालयले बालबालिकालाई सकेसम्म घरमै राख्न आग्रह गरेको छ ।

बालबालिकालाई भिडभाडमा नलैजाने र लैजानै परेमा आफू र बालबालिकाले अनिवार्य मास्क लगाउने, अरुसँग २ मिटरको दूरी कायम गर्ने, बेला बेलामा हात धुने गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । त्यस्तै आमाबुबालाई संक्रमण भएमा बालबालिकाबाट अलग्गै बस्न पनि आग्रह गरेको छ

प्रकाशित मिति July 1, 2020
Loading...