दुबईबाट आएर रोल्पामा आत्मह,त्या गरेका पुरुषमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार १९ । रोल्पामा आ,त्मह,त्या गरेका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार झु,न्डिएर आ,त्मह,त्या गरेका रोल्पा, गंगादेव गाउँपालिका ५ का ३१ वर्षका पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

भेरी अस्पताल नेपालगञ्जमा कोरोना भाइरस परिक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो । मृ,तक दुवईबाट गत असार १० गते रोल्पा आएका थिए । क्वारेन्टिनहरु खाली नभएपछि गाउँकै काका नाता पर्नेको घरमा बस्दै आएका उनले झु,ण्डिएर आ,त्मह,त्या गरेका थिए ।

संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएका ब्यक्तिको पनि स्वाब परीक्षणको तयारी गरिएको छ । यो सँगै रोल्पामा कोरोना भाइरस संक्रमितको संख्या ४८ पुगेको छ ।

प्रकाशित मिति July 3, 2020
Loading...