सिन्धुलीमा बिरामी जाच्ने डाक्टरनै नक्कली !

सिन्धुली, असार २०। जिल्लाको सदरमुकाम स्थित कमलामाई नगरपालिका ६ शिवनगरमा रहेको एक क्लिनिकमा विरामी जाँच गर्ने डाक्टरनै नक्कली भेटिएको छ ।

बिहिबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीको आयोजनामा गरिएको अनुगमनका क्रममा अनिता होमियो प्याथिकमा नक्कली डाक्टरले बिरामी जाँच गर्ने गरेको पाइएको हो ।

प्याथिकका सञ्चालक सञ्जिव कुमारलाल दास आफु डाक्टर नभएपनि डाक्टर हुँ भन्दै विरामी जाँच्ने गरेको पाईएको जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र सिन्धुलीका सूचना अधिकारी दिपक तिमलसिनाले जानकारी दिनुभयो ।

साथै दासले म्याद सकिएका औषधि विक्रिका लागि राख्नुका साथै कानुन विपरित आयुर्वेदिक फार्मेसिमा एलोप्याथिक प्रणालीबाट उत्पादित गर्भनिरोध औषधीहरु समेत राखेको पाईएको उहाँको भनाई रहेको छ ।

कार्यालयले शुक्रबार दासलाई जिल्ल प्रशासन कार्यालय सिन्धुलीमा हाजिर हुन बोलाएको र आवश्यक केही प्रमाणपत्र देखाएकाले आगामी दिनमा विरामी नजाँच्ने र डाक्टरको प्रिस्केप्सन अनुसार मात्र औषधि विक्रि गर्ने सर्तमा जिल्ला प्रशासनले पठाएको उहाँको भनाई रहेको छ ।

दासलाई कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय लाई आइतबार अनुगमन प्रतिवेदन दिईने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र जनाएको छ ।

प्रकाशित मिति July 4, 2020