रविको पुर्वश्रीमती लेख्छिन – एकपटकको बाबु सधैंको बाबु हो, ‘पूर्वश्रीमान’ भनेजस्तो ‘पूर्वबाबु’ वा ‘पूर्वछोरी’ कहिल्यै हुँदैन

अमेरिकाबाट पूर्वपति रवि लामिछानेका नाममा… भन्दै देशकै चर्चित अनलाइन खबरमा वर्तमान परिवेशलाई उल्लेख गर्दै पूर्व श्रीमती इशा लामिछानेले आफ्नो लेख प्रकाशित गरे पछी रबी लामिछनेले त्यसको कडा जवाफ फर्काएका छन साथै उनले आफु बिरुद्द निरन्तर प्रहार भए पछी अनलाइन खबरका सम्पादक प्रती फेसबुकमा स्टाटस लेख्दै कडा टिप्पणी गरेका छन । उनले पूर्वपत्नीका बारेमा पनि केहि कुरा फेसबुकबाटै खुलाएका छन् । ईशाले लेखेको लेखमा उनले जवाफ दिएका छन् । उनले जरुरी टि.प्प.णी भन्दै अनलाईन खबरका सम्पादकसँग किशोरको कनेक्सन पनि खुलाएका हुन ।

सुरुमा उनकी पुर्व श्रीमती इशा लामिछानेको अनलाईन खबरमा प्रकाशित लेख जस्ताको त्यस्तै :

अमेरिकाबाट पूर्वपति रवि लामिछानेका नाममा…

हुन त मैले यो विषयमा केही बोल्नु उचित नहोला भन्ने सोचेकी थिएँ । तर, पछिल्ला केही दिनमा मेरो एउटा स्टाटसलाई आधार बनाएर अड्कलकै आधारमा समाचारहरु आइरहेको देखेपछि आफ्नो धारणा स्पष्ट पार्नु आवश्यक ठानेकी छु ।

रवि लामिछाने मैले २५ वर्ष सहयात्रा गरेका श्रीमान मात्र होइन, मेरा दुई छोरीका बाबु पनि हुन् । हाम्रो डिभोर्स पछि दुई छोरीहरुको एक्लो अभिभावकत्व मेरो काँधमा आएको छ ।

Rabi lamichhane & Isha Lamichhane

डिभोर्सपछी हाम्रो बाटो अलग-अलग भयो । उनले नेपालमा नयाँ सं*सा*र बसाले । म अमेरिकामा छोरीहरुको स*हा*रामा र उनीहरुलाई सहारा दिएर बाँचिरहेकी छु ।

‘डि भोर्सका क्रममा रविले मसित केही कागजी र केही मौखिक प्रतिवद्धताहरु गरेका थिए । त्यसअनुसार अमेरिकामा रहेको घरको मासिक किस्ता भुक्तानी गर्ने जिम्मेवारी उनले लिएका थिए । तर, उनले नियमित रकम नपठाएपछि तीन महिना अगाडि बैंकले घर लिलामीको नोटिस निकाल्यो । त्यसपछि उनले पठाएको केही पैसा र म आफैंले बाँकी रकम जोहो गरेर बैंकको किस्ता क्लियर गरेँ । आगामी दिनमा उनले प्रतिवद्धता पूरा गर्नेछन् भन्ने विश्वास लिएकी छु । अन्यथा, मैले पनि कानूनी उपचारको खोजी गर्नुपर्ने हुन सक्छ ।

रवि पक्राउ परेको खबरले अमेरिकामा हामी आमाछोरी चि*न्ति*त बन्यौं । खासगरी ठूली छोरी निकै दुःखी थिइन् । मलाई पनि ननिको लाग्यो ।तर, यतिबेला नेपालमा रविलाई अर्को संकटले घेरेको छ । आत्महत्या दुरुत्साहनजस्तो गम्भीर मुद्दा लागेर पक्राउ परेर हालै पाँच लाख धरौटीमा रिहा भएका छन् । मुद्दाको फैसला भएको छैन ।

कागजीरुपमा सम्वन्ध अन्त्य भए पनि भावनात्मक सम्वन्ध नष्ट हुन समय लाग्दोरहेछ । सायद मैले आफ्नो मनबाट उनलाई पूर्णरुपमा निकाल्न सकेकी थिइनँ । त्यसैले उनलाई यो विपत्ति आइलाग्दा म बेचैन बनेँ ।

तर, सिक्काको अर्को पाटो पनि उत्तिकै संवेदनशील थियो । अर्को पाटोमा मजस्तै एक स्त्रीको सिउँदो पुछिएको थियो । र, उनका श्रीमानले मर्नेबेलामा रुँदै-रुँदै आफूलाई आत्महत्या गर्न विवश तुल्याएको भनेर रविको नाम लिइरहेका थिए । भिडियो हेरेपछि म निकै सोचमा परेँ ।

रवि हिरासतबाट निस्के पनि दोषमुक्त भएका छैनन् । म चाहन्छु- अदालतले चाँडोभन्दा चाँडो यस विषयलाई किनारा लगाओस् र वास्तविक तथ्यलाई बाहिर ल्याओस्
के धेरै मानिसहरुका लागि भगवान बनेको रविबाट कसैलाई आत्महत्यासम्म धकेल्ने दानवीय कर्म भयो होला ? मैले अझै पत्याउन सकेको छैन ।

यस घटनामा प्रहरीले अनुसन्धान गरिरहेको हुनाले अन्तिम निचोड निकाल्ने उसैको जिम्मेवारी हो । एउटा भिडियोलाई मात्रै आधार मानेर पक्कै पनि प्रहरीले र अदालतले निर्णय लिँदैन होला । भिडियोमा दिइएको वयान कति सत्य हो भनेर पत्ता लगाउने अन्य प्रमाणहरु जुटाइएलान् । र, अन्त्यमा सत्यता बाहिर आउला ।

म त यति मात्रै कामना गर्छु कि भिडियोमा बोलिएको कुरा सत्य सावित नहोस र रवि निर्दोष प्रमाणित होउन् ।

तर, मेरो कामनाले भन्दा पनि रविलाई उनकै कर्मले जोगाउने हो । यदि गलत काम गरेका छैनन् भने नखाएको विष पक्कै नलाग्ला । यदि शालिकरामले लगाएको आरोप सत्य ठहरियो भने रविका हजारौं प्रशंसकजस्तै म पनि निराश हुनेछु ।

भिडियोमा रविमाथि मृतक शालिकरामले लगाएको अर्को आरोपले पनि मलाई उत्तिकै स्तब्ध बनाएको छ । रविले सिधा कुरा कार्यक्रम चलाउँदा मानिसहरुबाट करोडौं रकम असुल गरेको आरोप मृतकले लगाउनुभएको छ । मैले २५ वर्ष रविसँग दाम्पत्य सम्वन्धमा रहेको अनुभवका आधारमा भन्नुपर्दा उनी यसअघि आफ्नो काममा जहिले पनि इमान्दार र प्रतिवद्ध थिए । अमेरिकामा रहँदा पनि धेरै नेपालीलाई निस्वार्थ सहयोग गरेका हुन् । सिधा कुरा जनतासँग मार्फत पनि थुप्रैको उपकार गरेको सुनेकी छु ।

तर, उनीमाथि उनकै पूर्वसहकर्मीले पैसा खाएको आरोप लगाइरहँदा त्यसले मलाई अचम्म बनाएको छ । रविबाट यस्तो काम भयो होला भन्ने विश्वास लाग्दैन ।

एउटा श्रीमतीका रुपमा मलाई रविलाई दिएका चोटहरु असंख्य होलान् । त्यो सम्झनेबेला अहिले होइन ।

रवि हिरासतबाट निस्के पनि दोषमुक्त भएका छैनन् । म चाहन्छु- अदालतले चाँडोभन्दा चाँडो यस विषयलाई किनारा लगाओस् र वास्तविक तथ्यलाई बाहिर ल्याओस् । शालिकरामकी पत्नी सम्झनाले न्याय पाउन् । यदि निर्दोष भए रविले पनि न्याय पाउन् ।

हिजो बुवाको मुख हेर्ने दिन । अघिल्ला वर्षमा छोरीहरु यस दिन कति उत्साहित हुन्थे । मेरा छोरीहरुका पितालाई ‘फादर्स डे’ को शुभकामना छ । आफ्नो संसारमा भुलेर छोरीहरुलाई बि*र्सि*यौ भने पनि छोरीहरुले तिमीलाई कहिल्यै भुल्न सक्ने छैनन् । किनकी एकपटकको बाबु सधैंको बाबु हो । ‘पूर्वश्रीमान’ भनेजस्तो ‘पूर्वबाबु’ वा ‘पूर्वछोरी’ कहिल्यै हुँदैन ।

देशको चर्चित अनलाइन अनलाईनखबरले रवि लामिछानेको पूर्वपत्नीको लेख छापेपछि रविले त्यस्को जवाफ सामाजिक संजाल फेसबुकबाट दिएका छन् । । उनको स्ट्याट्स जस्ताको त्यस्तै :

एक जरुरी टि.प्प.णी :

अन्लाईन खबर डट कम बारम्बार मेरो बितेको कुरा को.ट्याउछ । कहिले ४ वटा बिहे भन्छ, कहिले अमेरिकाको घरको पैसा दिएन भनेर लेख्छ, कहिले छोरिहरुलाई हेरेन भन्छ । न म सङ वास्तविकता सोध्छ । एकोहोरो आ-रो-प छाप्छ । बितिसकेको जीवन बारे मैले आजिवन जवाफ दिएर बस्नेरु सम्पादक अरुण बराल जी, मलाई थाहा छ, तपाईं जनाआस्था बाट पत्रकारिता गर्न शुरु गर्नु भएको ब्यक्ती हो । तपाइँको आदर्श जनआस्था होला र जनआस्थाका सम्पादक तपाइँका गुरु होलान् ।

के तपाईंले मेरो करियर आफ्ना गुरुलाई गुरु दक्षिणा दिने बाचा नै गर्नु भएको हो ररुमैले ईशाजीलाई कति पैसा कसरी उपलब्ध गराए, मैले दिएको पैसा घरको किस्ता तिर्न प्रयोग भयो कि अन्यत्र प्रयोग भयो भन्ने कुरा मलाई सोध्नुस न। हिजो राती सम्मपनि म मेरि छोरी सङ कुरा गरि रहेको छु। ईशाका दाइसङ २ हप्ता अघि भेटेकै छु। मेरो जिम्मेवारी मलाई थाहा छ, बहुत राम्ररी।

भावनात्मक नाता हुनेले आफ्ना सन्तानका पिताको बारम्बार सार्वजनिक बे.ई.ज्जती गर्दैन। समस्या भए सल्लाहमा घरमै टुङ्गो लगाउछ। म हिरासतमा हुँदा ईशा जी केही पत्रकाकारहरुलाई मेरो वि.रु.द्धमा घरको पैसाको नतिरेको, छोरीहरुलाई नहेरेको लगायतका सिकायत गर्न ब्यस्त हुनु हुन्थ्यो,आज फेरि किन रङ फेर्नु भएको हो उहाले थाहा छैन। सायद केहि वाह वाही को लोभ लागेर हुन सक्ला।ईशाजी हिजो पनि आफ्नै दुनियाँमा खुशी हुनु हुन्थ्यो आजपनि उहाँ अमेरिकामा आफ्नै दुनियाँमा रमाइरहनु भएको छ।

अरुण जीको अन्लाईन खबरले आज अमेरिकाको घरको पैसा तिरेन भनेर समाचार लेखेछ, पहिलापनि चौथो सम्बन्ध भनेर हेडलाईन बनाएको थियो।कस्को कति वटा सम्बन्ध भनेर गन्ने इक्छा भए मलाई भेट्नु होला सम्पादक ज्यु, जिब्रो टोकेर फर्किनु हुनेछ। कतिपय कुरा सार्वजनिक गर्न मिल्दैन । अब यहि खबरमा थप मसला हालेर नागरिकको शुक्रवार भन्नेले लेख्छ। त्यसपछि उहाँहरुको ने.ट्वो.र्कका सारा अनलाइनमा जान्छ। यति धेरै किन पछि लाग्नु हुन्छ तपाईको सम्पादकिय क्षमता मेरा वि.रु.द्ध नै खर्चने हो आजीवनरु अब यस्को जवाफ कति कुशलताका साथ लेख्नुहुन्छ होला।

अनि यति भनेकोमा मैले कुन आपत बेहोर्नु पर्ने हो, त्यो थाहा छैन।अर्को कुरा भा’व’ना’त्म’क नाता नमरेको भए आफ्ना सन्तानका बाबू हिरासत बाट छुट्ना साथ केहीले उचाल्दैमा बदनाम गराउनु पर्ने के हतारो आइलाग्यो ईशाजी लाई ? के यी सब कुराका लागि उपयुक्त मौका यहि थियो ? मैले गलत गरे कानुन छैन ? छोरीहरुको अधिकार समेत उहाँ आफैले लिन खोज्नु भएकोले सो अधिकार सुरक्षित गर्न कानुनी बाटोको खोजी भैरहेको मात्र हो जुन कुरा उहाँलाई, उहाँका दाईलाई र मेरा छोरिहरुलाई थाहा छ।

कानुनी रुपम टुङ्गो लागेको सम्बन्धलाई पटक पटक उचालेर आफ्ना गुरु खुशी पार्ने काम बन्द गर्नुस अरुण बराल जी।कार्यक्रम निर्माणमा गल्ती भए,क.न्टे.न्टमा कुरा गरौ। पारपाचुके भैसकेकी महिलालाई उचाल्न बन्द गरौ र महिलाले पनि मिडिया बाजी बन्द गरौ। वास्तविकता त्यो होइन जुन भनियो र लेखियो । हैरान गर्नेपनि सिमा हुन्छ ।

कोहि देश भरी मुद्धा हाल्ने अभियानमा लाग्ने,कोहि पुराना कुरा उचाल्ने !! सरहरुको अरु काम छैन होला, तर प्लिज मलाई यति धेरै दुख नदिनुस। हामी सबै आ -आफ्नो सं’सा’रमा खुशी छौ। ईशा जी अमेरिकामा खुशी साथ बसिरहनु भएको छ, म आफ्नो नयाँ जिवनमा खुशी छु, छोरिहरु सङ प्राय हरेक दिन कुरा हुन्छ। तपाईंलाई चाहिँ अब के चाहियो । म आज बाट कार्यक्रम शुरु गर्दैछु। त्यसमा चाहिँ केही भए लेख्नु होला। नत्र पुराना र टुंगो लागेका मु.द्दा उठाएर कायरताको उदाहरण नदेखाउनु होला । यो अपिल ईशा जी,अरुण जी लगायतका जीहरुलाई । धन्यवाद।

 

प्रकाशित मिति August 31, 2019
Loading...