कैलालीमा ओली र प्रचण्ड – नेपालपक्ष बीच झ,डप (भिडियो)

काठमाडौं, असार २२ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र शीर्ष नेताहरूबीच विवाद चुलिएका बेला कैलालीमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधव कुमार नेपाल समूहबीच झ,डप भएको छ ।

सोमबार साझ ५ बजे लम्की चोकमा सचेत नागरिक समाजले प्रधानमन्त्री ओलीको सर्मथन गर्दै कार्यक्रम आयोजना गरेको थियो । सोही क्रममा दुवै पक्षबिच भएको विवाद हात हालाहाल सम्म पुगेको थियो । स्थानीयका अनुसार ओली पक्षले, ‘हामीलाई प्रचण्डको एकएक हर्कत थाहा छ’ भन्दै भाषण गरेपछि विवाद सुरु भएको थियो ।

सचेत नागरीक समाजको तर्फबाट ओली पक्ष निकट मानिदै आएका पत्रकार सम थापाले प्रधानमन्त्रीको बचाउ गदै गरेको भाषण गरेका थिए । लगत्तै बोल्न माईक समाएका लम्कीचुहा नेकपाका नेता नरबहादुर खड्काले ओलीको बचाउ गदै प्रचण्डले बकम्फुसे कुरा गरेको आरोप लगाएका थिए ।

त्यसपछि प्रचण्ड माधब निकटका केही युवाहरु खड्कामाथि खनीएका थिए । झ,डप सुरुभएपछि प्रहरीको टोलीले उक्त झ,डप साम्य पारेको थियो ।

साभार – समाचारदैनिक

प्रकाशित मिति July 6, 2020