आज पुर्बराजा ज्ञानेन्द्र शाहको ७४ औं जन्मदिन

काठमाडौं, असार २३ । आज असार २३ गते पूर्व राजा ज्ञानेन्द्र शाहको ७४ औं जन्मदिन हो । मुलुक अहिले संरक्षणबिहीन अभिभावकशून्य देखिदै गएको अवस्थाले बरू राजा नै देशको संरक्षकको भूमिकामा सुहाउछ कि जस्तो लाग्न थालेको छ।

हामीले चुनेका नेताहरू तिनका दलका मालिक भए जनताका सेवक भएनन्। तिनलाई न लोकतान्त्रिक पद्दतिको चिन्ता छ न दलीय अनुशासन र पद्दतिको। तिनलाई बेला मौकामा उपदेश दिन पनि राजानै चाहिदो रहेछ जस्तो पो देखिदै छ।

राजा नराख्ने जनताको चाहनालाई शिरोपर गरेर राजा हटेका थिए, तर जनताले नचाहेको नेता हट्न भने कसैले ज्यान गए नमान्ने रहेछन्। मुलुकलाई सुँगुरको खोर बनाई दिएका छन् र त्यो खोर भत्काउदा नै खुब नै मजा आउदो रहेछ हाम्रा कथित नेताहरूलाई!

जन्मदिनको हार्दिक शुभकामना पूर्वराजा श्री ज्ञानेन्द्र शाहमा, तपाईले बिभिण्डिएका नेताहरूलाई बेला बेलामा उपदेश भने दिईरहनुपर्छ, तिनलाई मन नपरे पनि! पुुुर्बसचिव भिम उपाध्यक्षको विचार ।

त्यसैगरी पूर्व राजा ज्ञानेन्द्र को ७४ औं जन्मदिनको अवसरमा राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले शुभकामना दिनुभएको छ ।

 

शाहले राष्ट्रको यो विषम स्थितिलाई दृष्टिगत गरेर आफ्नो जन्मदिनलाई उत्सवकारुपमा नमनाउने निर्णय गरेका छन् ।

प्रकाशित मिति July 7, 2020