रातो मत्स्येन्द्रनाथको रथारोहण भोलि

ललितपुर, असार २३। रातो मत्स्येन्द्रनाथको ३२ हाते रथ तयार भएको छ । अहिले रथलाई अन्तिम चरणमा सजाउने कार्य भइरहेको छ । वैशाखमा रथारोहण हुनुपर्ने भए पनि को,रोना सङ्क्रमणका कारण भएको बन्दाबन्दीले रथ निर्माण हुन सकेको थिएन । रथ असार १० देखि मात्र बनाउन सुरु गरिएको थियो ।

रथ निर्माणमा संलग्न दिलकुमार वाराहीका अनुसार असार २४ गते मत्स्येन्द्रनाथको रथारोहण हुन्छ । हाल रथारोहण हुन नसकेको नाथलाई पाटन तबहालस्थित मन्दिरबाट बाहिर ल्याई भजनघरमा राखिएको छ । ज्यापू समाज पाटनका अध्यक्ष चन्द्र महर्जनले प्रशासनलाई जानकारी दिएर काम थालिएको थियो ।

तपाईलाई यो खबर कस्तो महसुस भयो ? कृपया आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा लेख्नुहोला । धन्यवाद ।

प्रकाशित मिति July 7, 2020
Loading...