काठमाडौं उपत्यकामा थप २८ सहित नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार नाघ्यो

काठमाडौं, असार २३ । पछिल्लो २४ घण्टामा २०४ जनामा कोरोना सङ्क्रमित पुष्टि भएकाे छ । यो सँगै कुल सङ्क्रमित १६ हजार १६८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभएको हो ।

आज ६८४ जना निको भएर डिस्चार्ज हुनुभएको छ । यस्तै, आज काठमाडौँ उपत्यकामा सङ्क्रमित सङ्ख्या २८ पुगेको छ । काठमाडौँ जिल्लामा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जना सङ्क्रमित भएका छन् ।

चार जिल्लामा छैनन् कोरोनाका संक्रमित

नेपालका चार जिल्लामा कोरोनाभाइरसका संक्रमित अहिले नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।

यी जिल्लामा पहिले कोरोना देखिए पनि अहिले निको भएर घर फर्किसकेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

‘७७ जिल्लामै कोरोना देखिएकोमा अहिले चार जिल्ला कोरोना फ्री भएका छन्,’ उनले भने, ‘प्रदेश १ का तेह्रथुम, भोजपुर र सोलुखुम्बु तथा कर्णाली प्रदेशको हुम्लामा को,रोना सं,क्रमित छैनन्।’

अरू जिल्लामा पनि विगत एक साताको तथ्यांक हेर्दा कोरोना संक्रमितहरू घट्दो क्रममा रहेको उनले जानकारी दिए। मंगलबार कोरोनाका दुई सय चार जना संक्रमित थपिएर नेपालमा अहिलेसम्म १६ हजार एक सय ६८ मा संक्रमण देखिएको छ।

त्यस्तै ५ सयभन्दा बढी संक्रमित रहेका ६ जिल्ला छन्। मन्त्रालयका प्रवक्ता गौतमका अनुसार प्रदेश २ का महोत्तरी र रौतहट, ५ नम्वर प्रदेशको पाल्पा, सुदूर पश्चिमको अछाम, कैलाली र बाजुरामा ५ सयभन्दा ब,ढी संक्रमित छन्।

प्रदेश १, ३, ४ र कर्णालीका कुनै पनि जिल्लामा संक्रमितको संख्या ५ सय नाघेको छैन।

प्रकाशित मिति July 7, 2020
Loading...