दुई यात्रु राख्न पाउनेगरी ट्याक्सी चलाउन दिने तयारी

काठमाडौं, असार २३ । सरकारले दुई जनासम्म यात्रु राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिने तयारी गरेको छ ।

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकमा ट्याक्सीसहित सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिनेबारे छलफल भएको थियो ।

एक मन्त्रीका अनुसार स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गरी चालकबाहेक दुईजना राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिनेबारे सकारात्मक छलफल भएको छ । ‘यसबारे कोभिड १९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)मा छलफल गरेर निर्णय हुनेछ ।’

यस्तै सार्वजनिक यातायात सञ्चालनबारे पनि गृहकार्य गर्ने जिम्मा सीसीएमसीलाई दिइएको छ । यातायात व्यवसायी लगायत सरोकारबाला पक्षसँग यातायात व्यवस्था मन्त्रालयले छलफल गरेर सीसीएमसीमा मोडालिटी पेश गर्ने र त्यसअनुसार थप निर्णय हुने एक मन्त्रीले बताए ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना नगर्दा काठमाडौं उपत्यकामा जो,खिम बढेको भन्दै कडाइ गर्ने निर्देशन दिएका छन्

तपाईलाई यो खबर कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा व्यक्त गर्नुहोस् ।

प्रकाशित मिति July 7, 2020