युएईबाट आएका यात्रु आफ्नै देशमा अलपत्र !

काठमाण्डौ, असार २३ । युएईबाट विमान चार्टर गरेर नेपाल आएका यात्रुहरु आफ्नै देशमा अलपत्रमा परेका छन् ।

कोरोना भाइरसको कहर सगै लकडाउनले गर्दा वैदेशिक रोजगारी सिलसिलामा युएईमा रोजगारी गर्दै आएका श्रमिकहरु आज मंगलबार हिमालयन एअरलाइन्स मार्फत काठमाडौं ओर्लिएका थिए। उनिहरुमध्ये १२ जना सुदुरपस्चिम प्रदेशका थिए ।

उक्त यात्रुहरुलाई ललितपुर होल्डिङ सेन्टरमा राखेर ना ४ ख,६३४३ नम्बरको बसबाट धनगढी प्रस्थान गरेका
यात्रुहरुलाई थानकोट चेकपोस्टमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म रोकिएको थियोे ।

बस सञ्चालकले अरु थप तीन जना यात्रुहरूलाई गाडीमा चढाएपछि नेपाल प्रहरीले रोकेका थिए। रोकिएको गाडीलाई सम्बन्धित निकायमा लामो छलफलपछि साझ बल्लतल्ल गन्तव्य स्थान तर्फ लागेको जानकारी प्राप्त भएको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ? कृपया कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

प्रकाशित मिति July 7, 2020
Loading...