सिन्धुलीमा बोलेरो दुर्घटना : एकको मृत्यु, गम्भीर घाइते तीनजनाको काठमाडौंमा उपचार हुँदै

सिन्धुली, असार २४ । सिन्धुलीको फिक्कल गाउँपालिका ५ मा ना ४ च ५२८५ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भनेे तीनजना गम्भीर घाइते भएका छन्  ।

मृत्यु हुनेमा फिक्कल गाउँपालिका ५ बस्ने बर्ष ६५ का धर्मध्वज सुनुवार रहेको प्रहरी चौकी रत्नावतीका प्रहरी हवल्दार पुरुषोतम पराजुलीले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते सुनुवारको खुर्कोट स्थित सुनकोशी सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

आज दिउँसो करिब ४ बजे फिक्कलको सोल्पामा उक्त गाडी दुर्घटना भएको थियो । सामान लिएर घर जाँदै गरेका स्थानीय उक्त दुर्घटनामा परेका थिए ।

घाइतेहरु फिक्कल गाउँपालिका ५ बस्ने बर्ष ४९ को टोकनाथ पहाडी, बर्ष ४३ कि भगवती पहाडी र बर्ष १७ को उज्वल सुनुवार रहेका छन् । घाइतेहरुको हेलिकप्टर मार्फत उद्दार गरि काठमाण्डौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।सबै घाइतेहरुको अवस्था गम्भीर रहेको सिन्धुलीका प्रतिनिधिसभा सदस्य गणेश पहाडीले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति July 8, 2020
Loading...