पछिल्लो चौबीस घण्टामा थपिए १०८ कोरोना संक्रमीत

काठमाडौं, असार २५। नेपालमा कोरोनाभाइरसका १०८ जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबिस घण्टामा एक सय आठ जना सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमित हुनेको संख्या १६ हजार ५३१ पुगेको छ ।

बुधबार चौबिस घण्टामा २५५ जना नयाँ सङ्क्रमित थपिएको थियो । पछिल्लो एक साता यता नेपालमा नयाँ थपिने बिरामीको संख्या घट्दै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार चौबिस घण्टामा चार हजार ५८८ जनाको आर टी पीसीआर परीक्षण गरिएको छ । हालसम्म क्वारेन्टाइनमा रहेका बिरामीको संख्या २४ हजार ४२५ तथा आइसालेशनमा आठ हजार ६०५ जना रहेको छ ।

दुई लाख ७० हजार व्यक्तिमा कोरोना सङ्क्रमण सम्बन्धी आरटी पीसीआर परीक्षण गरिएको छ । हाल आइसोलेसन सेन्टरमा ८ हजार ६०५ जना उपचाररत छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ? कृपया कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

प्रकाशित मिति July 9, 2020
Loading...