काठमाडौं उपत्यकामा कोरोना संक्रमीत बढे, शुक्रबार थपिए ४२ जना

काठमाडौं, असार २६ । काठमाडौं उपत्यकामा शुक्रबार ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २८, ललितपुरमा १३ र भक्तपुरमा १ जनामा कोरोना संक्रमण भएको हो । मन्त्रालयले उपत्यकाको कुन कुन ठाउँका व्यक्तिमा कोरोना संक्रमण भएको हो भन्ने खुलाएको छैन ।

उपत्यकामा बुधबार २३ जना, मंगलबार २८ जना, साेमबार ५४ र आइतबार ३० जना सङ्क्रमित पुष्टि भएकाे थियाे ।

आज पछिल्लो २४ घण्टामा ११८ जनामा कोरोना सङ्क्रमित पुष्टि भएकाे छ ।

योसँगै कुल सङ्क्रमित १६ हजार ६४९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो । नेपालमा अहिले सकृय सङ्क्रमित ८३०६ रहेका छन् ।

पछिल्लो २४ घण्टामा चार ८०६ हजार पीसीआर परीक्षण भएकाे छ । हालसम्म २७५२५१ परीक्षण भएकाे छ । क्वारेन्टाइनमा २३ हजार ९१० र आइसोलेसनमा आठहजार ६०३ रहेका छन् ।

डिस्चार्ज

आज १२० जना सङ्क्रमित निको भएर डिस्चार्ज हुनुभएको छ । योसँगै आठहजार ११ पुगेको छ ।

पाँचसय भन्दा बढी उपचाररत छ जिल्ला महाेत्तरी, राैतहट, पाल्पा ,अछाम, कैलाली र बाजुरा जिल्लामा पाँचसय भन्दा बढी उपचाररत रहेकाे उहाँले जानकारी दिनुभयाे ।

सङ्क्रमणमुक्त छ वटा जिल्ला धनकुटा, भोजपुर , सोलुखम्बु, हुम्ला, मनाङ र मुस्ताङ जिल्ला कोरोना सङ्क्रमणमुक्त जिल्ला भएको घोषणा भएको छ ।

प्रकाशित मिति July 10, 2020
Loading...