सिन्धुली जिल्ला अस्पताल आफै बिरामी, सेवाग्राही प्राइभेट हस्पिटल जान वाध्य

भाद्र २६ , सिन्धुली।

सिन्धुली जिल्लाको सबैभन्दा ठुलो सरकारी अस्पतालको दुरावस्थाका कारण बिरामीहरु निजी अस्पतालमा महँगो सुल्क तिरी उपचार गराउन वाध्य भएका छन । ५१ शैय्याको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण र उपचारका लागि टाढा-टाढा बाट दैनिक सयौ बिरामी आउने गरेका छन् । यद्यपि, स्वास्थ्य परीक्षणका लागि न विशेषज्ञ डाक्टर छन् न मेडिकल अधिकृत । सिन्धुली अस्पतालमा ५९ जना कर्मचारीसहित नयाँ दरबन्दी कायम भए पनि मुखिया, सुब्बा र कम्प्युटर अपरेटर मात्र स्थायी कर्मचारी छन् ।

अस्पतालमा विरामीको चाप भएपनि दरबन्दीअनुसारको चिकित्क संघबाट नपठाएपछि अस्पतालका अध्यक्ष प्रलाद पोखरेल मन्त्रालय र विभाग धाइरहनुभएको जानकारी दिनुभएको छ ।

अध्यक्ष पोखरेलका अनुसार, सिन्धुली अस्पतालमा नौं जना विशेषज्ञ चिकित्क, चार जना मेडिलक अधिकृतसहितको दरबन्दी छ । छ जना स्टाफ नर्सको दरबन्दी भएपनि एकजना पनि स्थायी नर्स अस्पतालमा छैन । अस्पतालमा आवश्यक केही जनशक्ति समितिले करारमा राखेको छ । लामो समयदेखि सिन्धुली अस्पतालमा प्रसुति विभाग सम्हाल्ने आउनुभएकी डा.सुमित्रा गौतमलाई समायोजनमा संघमा पुर्याइएको छ । उहाँ पनि २० दिनदेखि काजमा भन्दै हिँडेपछि प्रसुती सेवा प्रायः बन्दनै रहेको बताइन्छ । स्रोतका अनुसार, माघदेखि नै प्रसुतिको शल्यक्रिया अस्पतालमा हुन सकेको छैन । जसले गर्दा महंगा अस्पतालमा प्रसुति गराउन महिला वाध्य छन् ।

यसै बिच सिन्धुली जिल्लाका नेता तथा समाज सेवीहरुको एक टोलिले स्वास्थ्य मन्त्रालयमा सचिवसँग भेटगरी समस्या अवगत गराएको छ । सिन्धुली जिल्ला अस्पतालमा तत्काल दरबन्दी अनुसारको कर्मचारी पठाउन ध्यानाकर्षण गरेका छौ टोलिका नेतृत्वकर्ता मध्यका एक मनोज थापाले जानकारी दिएका छन ।

प्रकाशित मिति September 1, 2019
Loading...