युएईमा लकडाउन अवधिभर ८९ जना नेपालीको मृत्यु

यूएई, असार २८ । संयुक्त अरब इमिरेट्स यूएईमा लकडाउन अबधिभर ८९ जना नेपालीको ज्या न गएको छ ।

गएको चार महिनामा विभिन्न कारणले ८९ जना नेपालीको ज्यान गएको यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ । त्यसमध्ये २९ जनाको कोरोनाका कारण ज्यान गएको हो । कोरोनाका कारण ज्या न गुमाउनेमध्ये १ जना महिला र बाँकी २८ जना पुरुष रहेका छन् ।

गएको मार्च अन्तिम सातादेखि सुरु भएर जुलाई पहिलो सातासम्ममा लकडाउन अवधिभर यूएईमा ८९ जना नेपालीको ज्या न गएको दूतावासले जनाएको छ । ज्या न गुमाएका ८९ मध्ये ४२ जनाको अ,न्त्येष्टि यूएईमै गर्न दूतावासले ‘नो अब्जेक्सन’ जारी गरेको छ । ​यूएईमै अ,न्त्येष्टिका लागि नो अब्जेक्सन जारी गरेका ४२ जना कोरोनाबाहेक अन्य कारणले ज्या न गुमाएका हुन ।

त्यस्तै कोरोनाको कारण ज्या न गुमाउने २९ जनाको पनि अ,न्त्येष्टि भइसकेको छ । बाँकी १८ जनामध्ये ११ जनाको श,व नेपाल पठाइएको दूतावासले जनाएको छ । बाँकी ७ जनाको श,व अझै पनि विभिन्न अस्पतालको श,वगृहमा राखिएको छ ।

यूएईबाट ११ जनाको श,व नेपाल लगियो 

यूएईमा ज्या न गु’माएका ८९ जनामध्ये शनिबारसम्ममा ११ जनाको श,व नेपालमा आफन्तले बुझेका छन् । गएको चैत २८ गते यूएईको फुजेराहमा ब्रे,न ट्युमरका कारण ज्या न गुमाएका सिन्धुपाल्चोकका पेमा नुर्बु यल्मोको श,व गएको जुन १९ को पहिलो उडानमा पठाइएको थियो ।

 

त्यस्तै, धनुषाका वीरेन्द्र दास, उदयपुरका टुकबहादुर बुढाथोकी, काठमाण्डौकी सगीता घलाङ, महोत्तरीका श्रीचरण यादव, भोजपुरका खगेन्द्र गिरी, स्याङ्जाका प्रेमबहादुर थापा र राजेन्द्र विक, सर्लाहीका देवनारायण महतो सुडी, खोटाङका इन्द्र कटुवाल र सप्तरीका राम सेवक खाङको श,व नेपाल पठाइएको दूतावासकी श्रम काउन्सिलर निर्मला थापाले जानकारी दिनुभयो ।

लकडाउनका कारण उडान नहुँदा यहाँ ज्या न गुमाउनेको श,व नेपाल पठाउन सकिएको थिएन । श,व नेपाल पठाउन नसकेपछि स्थानीय प्रशासनले पटक पटक कुटनैतीक माध्यममार्फत श,व व्यवस्थापनमा सहयोग गर्न दूतावासलाई अनुरोध गर्दै आएको र दूतावासले परिवारसँगै विभिन्न निकायसँग श,व व्यवस्थामा समन्वय गरिरहेको दूतावासले जनाएको छ ।

उमाकान्त पाण्डे, युएई

प्रकाशित मिति July 12, 2020
Loading...