रातो मत्स्येन्द्रनाथको रथारोहण साउन पहिलो साता हुने

ललितपुर, असार ३० । कोरोना भाइरसका कारण ढिला हुँदै गएको रातो मत्स्येन्द्रनाथको रथारोहण साउन पहिलो साता हुने भएको छ । ललितपुर गुठी संस्थान शाखा प्रमुख राजन भुजूका अनुसार ज्योतिषीले यसैको सरोफेरोमा साइत तोक्ने गरी काम अगाडि बढेको छ ।

पटक पटक रथारोहणको प्रयास भए पनि बन्दाबन्दी र काठमाडौँ उपत्यकामा कोरोना भाइरस फैलिएका कारण रथारोहण स्थगित हुँदै आएको छ । साउनको पहिलो साता नटुङ्गिँदै रथारोहण गर्न गुठियार उत्साहित छन् ।

प्रकाशित मिति July 14, 2020