अ’श्लिल भिडियो बनाएर फेसबुकमा पठाउने एक पक्राउ

काठमाडौँ, साउन १७ । प्रहरीको साइवर ब्यूरोले अ श्लिल भिडियो बनाएर सामाजिक सञ्जालमा पठाउने एकजनालाई काठमाडौंबाट प क्राउ गरेको छ ।

ब्यूरोको टोलीले तनहुँ भानु नगरपालिकाकी १३ वर्षीया बालिकाको फेसबुकमा नक्कली आ इडी बनाएर आफन्तलाई पठाउने तनहुँका सविनराज मिश्रलाई शुक्रबार पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले १३ वर्षीया एक बालिकाको फोटो प्रयोग गरी न क्कली फेसबुक खोलेर अ श्लिल फोटो तथा सन्देश बालिकाको दिदी तथा आफन्तलाई म्यासेन्जरमा पठाउने कार्यमा संलग्न रहेकाले मिश्रलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

प क्राउ परेका मिश्र यसअघि पनि विद्युतीय कारोवार ऐन, २०६३ को कसुरमा जिल्ला अदालत काठमाडौँबाट रु एक लाख तिरेर धरौटीमा छुटेका व्यक्ति भएको ब्यूरोले जनाएको छ । पक्राउ परेका मिश्रलाई काठमाडौँ जिल्ला अ दालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।

प्रकाशित मिति August 1, 2020