नेपालमा थपिए ३१५ कोरोना संक्रमित, संक्रमितको संख्या २० हजार नाघ्यो

काठमाडौं, साउन १७ : नेपालमा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वोर गौतमले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको मन्त्रालयले बताएको छ ।

प्रकाशित मिति August 1, 2020
Loading...