एकताको प्रमुख बाधक नीजि स्वार्थ हो: नेता श्रेष्ठ

काठमाडौं, साउन १८ । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले सामाजिक संजालमा धारणा राख्दै उक्त कुरा बताउनु भएको हो ।

नेकपा भित्रको विवाद समाधान भैनसकेको अवस्थामा नेता श्रेष्ठले पार्टी एकताका लागि नीजि स्वार्थ त्याग, आलोचनात्मक चेत र तथ्य को जानकारी आवश्यक रहेको पनि उल्लेख गरेका छन । ब्यक्तिगत स्वार्थ र स्वार्थीको अन्धातापुर्ण भनाइलाई समर्थनगर्नेहरु दासत्व प्रवृत्तिको भएको र उनीहरुले पार्टी एकतालाई भन्दा पनि आफ्नो निजि स्वार्थलाई चासोको विषय बनाएको तर्फ श्रेष्ठले असन्तुष्टि व्यक्त गरेका छन् ।

उहाँले भन्नुभएको छ – “सत्यको प्रमुख बाधक नीजि स्वार्थ हो।त्यसले अन्धतापुर्ण दासत्व वा निषेधको ठाँउमा पुर्याउँछ। किनकी उनीहरुको निम्ति सत्य होइन,स्वार्थपुर्ती चासोको बिषय हुन्छ।नियत सफा छ भने सत्यको ढोका खुल्न सक्छ,तर त्यसबेला पनि बैज्ञानिक चिन्तन सहितको आलोचनात्मक चेत र तथ्यको पहुंच जरुरी हुन्छ।बुझौं।”

प्रकाशित मिति August 2, 2020
Loading...