भारतीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण

काठमाडौं, साउन १८ । भारतका गृहमन्त्री अमित शाहलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार शाहले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

अमित शाहले ट्वीटमार्फत् आफूले कोरोना भाइरसको शुरुवाती लक्षण देखिएपछि परीक्षण गराएको र परीक्षणको क्रममा आफूलाई कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरेका छन् । उनले आफ्नो अवस्था ठीक रहेको तर डाक्टरहरुले अस्पताल भर्ना हुने सुझाव दिएका कारण अस्पतालमा भर्ना हुन गइरहेको पनि बताएका छन् ।

शाहले पछिल्लो केही दिनमा आफ्नो सम्पर्कमा आउने सबैलाई कोरोना परीक्षण गर्न पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति August 2, 2020
Loading...