महाराजगंजमा जुवा खेलिरहेका ९ जना ब्यापारी पक्राउ

काठमाडौं, साउन १८ । काठमाडौंको महाराजगंजमा जुवा खेलिरहेका अवस्थामा सिन्धुपाल्चोकका ब्यापारी विष्णु खत्रीसहित ९ जना पक्राउ परेका छन। महाराजगञ्जस्थित नारायण पौडेलको घरबाट व्यापारी खत्री, गोबर्धन श्रेष्ठलगायत ९ जनालाई जुवाखालबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट करिव ३ लाख रकम समेत बरामद गरेको छ। उद्योग वाणिज्य महासंघमा समेत आबद्ध ब्यापारी खत्री रक्तचन्दन तथा सुन तस्करीमा समेत विवादित हुदैँ आएका ब्यक्ति हुन।

प्रकाशित मिति August 2, 2020