सडकमा नारा लाउनेहरुनै कोरोना फैलाउन जिम्मेवार छन्, कारवाही गर्नुपर्छ : दिपशिखा

काठमाडौं, साउन १९ । रास्ट्रीय युवा संघका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले  सरकारको समर्थन र विरोधमा निस्किएका र्यालीहरु नै शहरहरुमा कोरोना फैलाउन जिम्मेवार रहेको बताएका छन्।

आज सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै सापकोटाले  उनिहरुलाई सार्वजनिक अपराध आरोपमा छानविन गरि कारवाही गर्नुपर्ने माग राखेका छन् । विशेषगरि काठमाडौं लगाएत देशको विभिन्न स्थानमा केहि महिना यता सरकारको समर्थन र बिरोधमा दिनहु प्रदर्शन हुँदै आइरहेका छन् ।

कोरोना म’हामारीकै बीच नेकपा विवाद उत्कर्ष पुगिरहेको बेला केहि हप्ता अघि प्रधानमन्त्री केपी शर्मा ओलिले स्वयंले आफू पक्षधर युबाहरुलाई बालुवाटार बोलाएर आफ्नो पक्षमा सडक आन्दोलन गर्न निर्देशन दिएका थिए ।

तेसैगरी इनफ इज इनफका नाममा पनि उपत्यकामा निरन्तर प्रदर्शन भैरहेको छ । माइतीघर आसपास क्षेत्रमा केहिनकेहिका नाममा प्रायः दिनहु धर्ना प्रदर्शन  हुँदै आइरहेको छ र तेसैको नियमन नियन्त्रण र सुरक्षामा खटिएका कतिपय प्रहरीहरुमा कोरोना संक्रमण पुष्ठि भैसकेको छ ।

 

प्रकाशित मिति August 3, 2020
Loading...