पछिल्लो २४ घन्टामा थपिए ४१८ कोरोना संक्रमित

काठमाडौं, साउन १९ : नेेपालमा थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा नेपालमा पाँच हजार ७३२ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७५० पुगेको पनि मन्त्रालयले बताएको छ ।

प्रकाशित मिति August 3, 2020
Loading...