स्वास्थ्य मन्त्रालयका चिकित्सक र परिवारका तीन जनालाई कोरोना संक्रमण

काठमाडौं, साउन १९ । स्वास्थ्य मन्त्रालयमा कार्यरत एक चिकित्सक र परिवारका तीन जना सदस्यहरुलाई कोरोना संक्रमण भएको छ ।

मन्त्रालयको हेल्थ अप्रेसन सेन्टरमा कार्यरत चिकित्सकसँगै उनका बुबाआमा र एक वर्षीय छोरालाई कोरोना संक्रमण भएको हो । २९ वर्षीया चिकित्सक, उनका ६० वर्षीय बुबा, ५५ वर्षीया आमा र एक वर्षका छोरालाई संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिएका छन ।

उनका अनुसार काम बिशेषले वीरगञ्ज गएका उनीहरु तीन दिनअघि मात्र काठमाडौं फर्किएका थिए । लगतै शंका लागेर पाटन अस्पतालमा परीक्षण गराएका थिए ।

स्वाब दिएर होम आइसोलेसनमा बसेको पाइएको स्वास्थ्य कार्यालय प्रमुख मिजारले बताए ।

उनका अनुसार भक्तपुरमा सोमबार मात्र उनीहरुसहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति August 3, 2020
Loading...