चितवनमा भेला तथा बैठक नगर्न प्रशासनको निर्देशन

चितवन, साउन २० : जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला भित्र कुनै पनि भेला तथा बैठक सञ्चालन नगर्न निर्देशन दिएको छ । कार्यालयले एक सुचना जारी गर्दै प्रशासन कार्यालयले जिल्ला भित्र कुनै पनि भेला तथा बैठक सञ्चालन नगर्न निर्देशन दिएको हो ।

जिल्लाका केही सहकारीले साधारणसभा, विद्यालयले अभिभावक भेला तथा अन्य संघ संस्थाहरुले भेला तथा बैठक सञ्चालन गरेको जानकारी आएको भन्दै प्रशासनले यस्तो निर्देशन दिएको हो ।

प्रकाशित मिति August 4, 2020
Loading...