जनयुद्दका सहीदहरु विशाल–कुमार स्मृति दिवस मरिणमा मनाइयो

सिन्धुली

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले सहिदको बलिदानी र त्यसले निर्दिष्ट गरेको बाटोबाट सहिद परिवारले विचलित हुन नहुने बताउनुभएको छ । नेकपा मरिण संगठन कमिटीद्वारा मरिणको महास्वेतामा शुक्रबार आयोजित १५ औं विशाल–कुमार स्मृति दिवसमा नेता गजुरेलले भन्नुभयो, “सहिदको बलीदानीको जगमा बनेको संविधानमा स्पष्ट रुपमा समाजवाद तर्फ यात्रालाई उल्लेख गरिएको छ । पार्टी त्यसबाटोबाट वि’च’लि’त हुनेछैन ।”


कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा सिन्धुली इन्चार्ज विषमलाल अधिकारी दनुवारले पार्टी कार्यकर्ता र निर्वाचित जनप्रतिनिधिले कार्यशैलीमा सुधार गर्दै जनताको हितमा काम गर्नुपर्ने बताउनुभयो ।

यस्तै, नेकपाका सिन्धुली अध्यक्ष एवं प्रदेश सभा सदस्य राजन दाहालले सहिदको बालिदानीले नेपालको संविधान लेखिएको भन्दै दलिदानीको जगमा बनेको सरकारले जनहितमा काम गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले पार्टीको विचार, नीति र कार्यक्रम समाजवादको प्राप्तिको दिशातर्फ अगाडि बढेको बताउनुभयो । कार्यक्रममा प्रदेश कमिटी सदस्य एवं पूर्व सभासद् निरु दर्लामीले सहिदको सम्मानमा पार्टी र सरकारले ध्यान दिन नसकेको हो कि भन्ने शंका व्यक्त गर्नुभयो । सहिद विशाल पत्नी दर्लामीले कार्यक्रम गर्दा प्रतिष्ठानलाई ओझलमा पारिएको समेत गुनासो गर्नुभएको थियो ।

यस्तै, प्रदेश कमिटी सदस्य गणेश बुढाथोकी, ध्रुव देवकोटा, नेता केशव देवकोटा, महेश्वर कोइराला, सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहरा दाहाल, कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्री, मरिणका अध्यक्ष पानीराज बम्जनलगायत विशाल जनसमुदायको उपस्थिति कार्यक्रममा रहेको थियो । तत्कालीन ने’क’पा माओावदीका केन्द्रीय सदस्य शेरमान कुँवर ‘विशाल’ र बैकल्पिक केन्द्रीय सदस्य मोहनचन्द्र गौतम ‘कुमार’ को २०६१ साल भदौ २० गते धनुषाको धनछवारमा सरकारी सुरक्षाकर्मीको कारवाहीमा हत्या गरिएको थियो ।

मरिण गाउँपालिकाले वडा नं ७ स्थित बाह्रविसेमा शहीद विशाल–कुमार स्मृति प्रतिष्ठानको भवन र पार्क निर्माण गर्न करिव सात विगाह जग्गा उपलब्ध गराएको छ । सो पार्कको निर्माण कार्यको शुभारम्भ नेकपाका अध्यक्ष प्रचण्डले गत वर्ष गर्नुभएको थियो।

प्रकाशित मिति September 6, 2019