थप २५९ जनामा कोरोना संक्रमण, कुल २१ हजार नाै पुग्याे

काठमाडौं, साउन २० । नेपालमा पछिल्लो चौबीस घन्टामा कोरोना भाइरसका २५९ जना नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कुल सङ्क्रमितको संख्या २१ हजार ९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले गरेको दैनिक प्रेस ब्रिफिङको क्रममा नेपालमा पाँच हजार ९२५ जनामा कोरोना भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा ६५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । यो सँगै हालसम्म १५ हजार २६ जना सङ्क्रमित कोरोना मुक्त भइसकेका छन् । कोरोना सङ्क्रमणबाट ५८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति August 4, 2020
Loading...