काठमाडौं उपत्यकामा थप ६२ जनामा कोराना संक्रमण

काठमाडौं, साउन २० । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ६२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा, जागेश्वर गौतमका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४८ जना, भक्तपुरमा १३ र ललितपुरका १ जनामा संक्रमण देखिएको नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको छ ।

काठमाडौंमा पछिल्लो समयमा सङ्क्रमितको संख्या बढ्दै गएको छ । उपत्यकाको करिब १४ वटा अस्पताल तथा प्रयोगशालामा कोरोना सङ्क्रमणको परीक्षण हुँदै आएको छ । सोमबार काठमाडौंमा ५१ जना नयाँ सङ्क्रमित थपिएको थियो।

प्रकाशित मिति August 4, 2020