सर्लाहीमा बुधबारदेखि एक हप्ता लकडाउन

काठमाडौं, साउन २० । कोराना भाइरस संक्रमितको संख्या दिनदिनै बढ्न थालेपछि सर्लाहीमा एक साताका लागि लकडाउनको घोषणा गरिएको छ ।

अति आवश्यकबाहेकका कामकाजमा रोक लगाउने निर्णय गरिएको छ । कोरोनाको सम्भावित संक्रमण रोकथाम गर्न तथा जनस्वास्थ्यलाई खराब असर पर्ने सम्भावनालाई दृष्टिगत गरी जिल्ला सुरक्षा समिति, कोरोना संकट व्यवस्थापन केन्द्र तथा जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिस बमोजिम अति आवश्यबाहेकका कामकाजमा साउन २१ गते बिहान ६ बजेदेखि लागू हुने गरी साउन २७ गते राती १२ बजेसम्मका लागि लकडाउनको घोषणा गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

सर्लाहीमा अहिलेसम्म ७ सय ५५ जनामा कोरोना सङ्क्रमण भेटिएको छ ।

प्रकाशित मिति August 4, 2020
Loading...