लेबनान विष्फोट : मृत्यु हुनेको संख्या ७० पुग्यो

एजेन्सी : लेबनानको राजधानी बेरुतमा भएको भी षण वि ष्फोटमा परी मृत्यु हुनेको संख्या ७० पुगेको छ । उक्त वि’ष्फोटमा करिब चार हजार मानिस घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यो घटनापछि लेबनानका प्रधानमन्त्री हसन दिआबले बुधबार राष्ट्रिय शोक घोषणा गरेका छन् । घटनालाई भयावह भन्दै उनले दोषी जो भए पनि उन्मुक्ति नपाउने बताएका छन् ।

उक्त विष्फोटले बेरुत क्षेत्रमा कयौं भवनहरुमा क्षति पुगेको छ भने धेरै घरका झ्यालहरु फुटेको बताइएको छ । वि ष्फोट हुँदा राजधानी बेरुत क्षेत्रमा भूकम्पको धक्का महशुष भएको अलजजिरा न्युजले जनाएको छ ।

गोदाममा वि ष्फोटक पदार्थ असुरक्षित तरिकाले राखिएकाले यो घटना भएको बताइएको छ । विष्फोट भएलगत्तै अलजजिरा न्युजले सार्वजनिक गरेको भिडियोमा बेरुतको आकाशमा निकै ठूलो धुँवाको मूस्लो पनि देखिएको थियो ।

प्रकाशित मिति August 5, 2020