इम्बोस्ड नम्बरप्लेट नेपाली भाषामा लेख्नुपर्छ : भिम रावल

काठमाडौं । सवारी साधनमा इम्वोस्ड नम्बर प्लेटमा उल्लेख गरिने भाषा नेपालीमा लेेेखिनुुपर्ने नेता भिम रावलले बताएका छन् । सामाजिक संजाल टुइटर मार्फत रावलले उक्त कुरा बताउनु भएको हो ।

यातायात व्यवस्था विभागले बाग्मती प्रदेशका यातायात कार्यालयमा दर्ता रहेका सरकारी, संस्थान र निजी स्वामित्वमा रहेका सवारीसाधनमा इम्बोस्ड नम्बर जडान साउन १ गतेदेखी सुरु गरेपछि नेता रावलको येस्तो प्रतिक्रिया आएको हो । उक्त नम्बर प्लेटमा सबैकुरा अङ्ग्रेजीमा मात्रै उल्लेख गरिएको हुन्छ कुनैपनि नेपाली शव्द लेखिएको हुन्दैन ।

उहाँले भन्नुभएको छ – नेपाली भाषा सरकारी कामकाजको भाषा हुनेछ भन्ने नेपालको संविधानको धारा ७ मा उल्लेख भए अनुसार पालना हुनुपर्छ र नेपाल भित्र गुड्ने सवारी साधन को नम्बर प्लेट पराईका लागि नभई नेपालका लागि हो भन्ने कुरा बुझ्नुपर्छ ।

साथै नेता रावलले व्यक्तिगत विवरण विदेशीको हातमा नजाओस् र अरु देशहरु बंगलादेश,जापान र चीनले पनि आफ्नै भाषा प्रयोग गरेका छन् भनेर उल्लेख गर्नुभएको छ ।

करिब साढे दुई वर्षदेखि रोकिएको इम्बोस्ड नम्बर प्लेट जडान कार्य साउन १ देखि सुचारु भएको थियो ।

सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न दुई पाङ्ग्रे सवारीका लागि दुई हजार पाँच सय रुपियाँ शुल्क तोकिएको छ । तीन पाङ्ग्रे सवारीका लागि दुई हजार नौ सय रुपियाँ, चार पाङ्ग्रे तथा मझौला सवारीका लागि तीन हजार दुई सय रुपियाँ र ठूला सवारीका लागि तीन हजार छ सय रुपियाँ शुल्क तोकिएको छ ।

 

प्रकाशित मिति August 5, 2020
Loading...