भोलिदेखि सवारी साधनमा जोर-विजोर प्रणाली लागू

काठमाडौं, साउन २१। सरकारले भोलिदेखि  काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी कोरोनाका सक्रिय संक्रमण केस भएका जिल्लामा निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ ।

कोरोना भाइरस सं क्रमणको जो’खिम बढेसँगै जोर विजोर लागू गरिएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।

सरकारले २६ असारबाट निजी सवारी साधनको जोर विजोर हटाएको थियो थियो भने उपत्यकामा ३ जिल्ला र बाहिरी जिल्लाभित्र सार्वजनिक सवारी,साधन सञ्चालन गर्न अनुमति दिएको थियो । यस्तै भदौ एक गतेदेखि लामो दुरीको सवारी चलाउन दिने नि र्णय गरेको थियो ।

तर कोरोना सं क्रमणको जोखिम बढेसँगै विज्ञहरुले जोर विजोर लागू गर्न सरकारलाई सुझाएका थिए भने कतिपय विज्ञहरु लकडाउन गर्न पनि सुझाव दिएका थिए । मंगलबार प्रधानमन्त्रीले गरेको छ’लफलमा पनि विज्ञहरुले पूर्ण लकडाउन गर्नुको साटो सार्बजनिक स्थलमा उच्च स्वास्थ्य मापदण्ड बनाई कडाई गर्न र जोरविजोर लगाउन सुझाएका थिए।          विज्ञप्ति :                                                                                                         तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति August 5, 2020
Loading...