काठमाडौँ, साउन २२ । संघीय संसद् सचिवालयमा कार्यरत एकजना उच्चपदस्थ कर्मचारीलाई कोरोना संक्रमण पुष्ठि भएको छ ।
केही दिन अघि मात्रै संघीय सांसद प्रदीप यादवलाई कोरोना संक्रमण पुष्ठि भएपछि यादवको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्राक्ट ट्रेसिङका आधारमा स्वाब परीक्षण गर्दा ती कर्मचारीलाई भाइरस संक्रमण पुष्टि भएको थियो ।
काठमाडौंमा गरिएको पी सी आर परीक्षणका क्रममा उनलाई कोरोना पोजिटिभ देखिएको संसद स’चिवालय स्रोतले बतायो
। ती उच्चपदस्थ सरकारी कर्मचारीलाई केही दिनयता कोरोनाको लक्षण जस्तै ज्वरो आउने, छाती दुख्ने र टाउको दुख्ने समस्या देखिएपछि उनले स्वाब परीक्षण गराएका थिए । ईकान्तिपुरबाट । तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला, थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।
प्रकाशित मिति August 6, 2020