नेपालमा थपिए ३६० जना कोरोना संक्रमीत

काठमाडौं, साउन २२ । बिहीबार नेपालमा थप ३६० जना कोरोना संक्रमीत थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो चौबीस घन्टामा ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३६० जना संक्रमित भेटिएका हुन् ।

नेपालमा कोरोना संक्रमितको जम्मा संख्या २१ हजार ७ सय ५० पुगेको छ । सक्रिय संक्रमितहरुको संख्या ६ हजार २९६ रहेको छ । बिहीबार थप २३३ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति August 6, 2020
Loading...