काठमाडौं उपत्यकामा ८६ जनामा कोरोना संक्रमण

काठमाडौं, साउन २२ । पछिल्लो २४ घन्टामा  काठमाडाैं उपत्यकामा हाल सम्मकै उच्च ८६ जना कोरोना सङ्क्रमित थपिएका छन् । काठमाडाैंमा मात्रै ८१ जना र ललितपुरमा चार र भक्तपुरमा एकजना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा, जागेश्वर गौतमका अनुसार सबैभन्दा धेरै काठमाडौंमा मात्रै ८१ जना, ललितपुरमा चार र भक्तपुरमा एकजनामा संक्रमण देखिएको नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको छ ।

काठमाडौंमा पछिल्लो समयमा सङ्क्रमितको संख्या बढ्दै गएको छ । आज स्वास्थ्य मन्त्रालयले आयोजना गरिएको प्रेस कार्यक्रममा प्रवक्ता गौतमले काठमाडौं उपत्यकाको परिस्थिति
अप्ठ्यारो हुँदै गएको बताएका छन् ।

उनले परिस्थिति सामान्य नरहेको भन्दै कुनै पनि सरकारी, सा,मुदायिक र निजी का,र्यालयहरूमा कुनै पनि बैठक, छलफल वा सेमिनार बन्द गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति August 6, 2020