पर्सामा एकैपटक थपिए १४१ जना कोरोना संक्रमित

काठमाडौं, साउन २३ गते : वीरगन्ज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा गरिएको स्वाब परिक्षणमा थप १ सय ४१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । पर्सामा एकैपटक संक्रमण पुष्टि भएको यो विबरण अहिलेसम्मकै धेरै हो । आज थपिने सं क्रमितहरुमा २१ जना महिला रहेका र १ सय २० जना पुरुषहरु रहेका छन् ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायका अनुसार सं क्रमितहरुमध्ये ४४ जना जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी छन । त्यस्तै तराई अस्पतालका १ जना, पशु अस्पतालका १ जना, नेपाली सेनाका ५, कारागारका २, नेशनल मेडिकल कलेजका १ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

नयाँ थपिने सं क्रमितहरुमा बारा जिल्लाका ४ र रौतहट जिल्लाका ४ जना रहेका छन् । संक्रमितहरु वीरगन्जको चिनीमिल, श्रीपुर, ते जारथ टोल, गण्डक बहुअरी, मुर्ली, भिस्वा, घडि अर्वा, सबैठवा, पिपरा, रानीघाट, खल्वाटोला श्रीसिया, छपकैया लगायतका ठाँउका हुन् ।

तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला। थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति August 7, 2020