चीन र नेपाल मित्र र छिमेकी मात्र होइन : चिनियाँ राजदुत

काठमाडौं, साउन २३ । नेपालका लागि चिनियाँ राजदुत होउ यान्कीले चीन र नेपाल मित्र र छिमेकी मात्र नभएर दाजुभाइ र दिदीबहिनीहरु पनि हुन भनेकी छिन । नेपाल र चीन सम्बन्ध स्थापना भएको ६५ औं वर्षको सन्दर्भमा सामाजिक संजाल टुइटरमा उक्त कुरा बताउनु भएको हो ।

उनले भनेकी छिन् “भूकम्प, बाढी, ईन्धनको संकट, कोभिड १९ जे भए पनि, हामी सँधै सुखदुःख साझा गर्दछौं र समय परिक्षणले हाम्रो मित्रता अति प्रिय छ ।”

राजदुत यान्कीले चीन र नेपालको ६५ वर्षको मित्रताको सम्बन्ध उल्लेख गर्दै चीनने नेपाललाई गर्दै आइरहेको सहयोग झल्काउने विभित्र तस्बिरहरु पनि अपलोड गरेकी छिन् । तस्बिरहरु –

तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला। थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति August 7, 2020
Loading...