भारतमा कोरोना संक्रमितको संख्या २० लाख नाघ्यो

काठमाडौं, साउन २३ । विश्वभर कोरोना भाइरसको संक्रमितहरुको संख्या दिनहुँ उच्च गतिमा वृद्धि भैरहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमितको संख्या २० लाख २५ हजार नाघेको छ ।

अमेरिका र ब्राजिलपछि तेस्रो नम्बरमा संक्रमित संख्या रहेको भारतमा पछिल्लो चौबीस घण्टामा मात्रै ६२ हजारभन्दा बढी संक्रमित थपिएका छन ।

भारतमा २० दिनमा कोरोना भाइरस संक्रमितहरुको संख्या दोब्बर भएको हो । भारतमा केही दिनयता अमेरिका र ब्राजिलभन्दा तिव्र रुपमा संक्रमण फैलिरहेको छ । एसियाको हटस्पटनै बनेको छ भने कोरोनाबाट मृ’त्यु हुनेको संख्या ४१ हजार नाघिसकेको छ । सं क्रमितहरुमध्ये अहिलेसम्म १३ लाख ७७ हजार ३ सय ८४ जना सं क्रमणमुक्त भएका छन् । ६ लाख ६ हजार ३ सय ८७ जना उपचारको क्रममा छन ।

पछिल्लो चौबीस घण्टामा आठसय ९९ जनाको मृत्यु भएको छ । अमेरिकामा ५० लाख २८ हजार संक्रमति हुँदा १ लाख ६२ हजार ७ सय बढीको मृ त्यु भएको छ । ब्राजिलमा सं’क्रमितहरुको संख्या २९ लाख १७ हजारभन्दा बढी रहेको छ । विश्वमा कोभिड १९ संक्रमितहरुको संख्या एक करोड ९२ लाख ३८ हजारभन्दा बढी रहेको छ । भाइरसका कारण ज्यान गुमाउनेको संख्या ७ लाख १७ हजार पाँच सय नाघेको छ ।

तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला। थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति August 7, 2020