दुबईबाट फर्केकी युवतीले गरिन क्वारेन्टाइनमा आ’त्मह’त्या

काभ्रे, साउन २३। काभ्रेपलान्चोक जिल्लाको बेथानचोक गाउँपालिकाको क्वारेन्टाइनमा एक युवतीले आ’त्म’ह’त्या गरेकी छिन् । गाउँपालिका वडा नम्बर २ मा रहेको स्वास्थ्य चौकीको क्वारेन्टाइन भवनमा उनलाई झु’न्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविकुमार पौडेलले जानकारी दिनुभएको छ ।

बेथानचोक वडा नम्बर ४ निवासी २१ वर्षीया युवती वैदेशिक रोजगारीका लागी दुबईमा थिइन। कोरोनाको कारण दुबईमा रोजगारी गुमाएपछि सरकारको उद्दार उडान मार्फत साउन १७ गते नेपाल आएकी थिइन । दुबईबाट आएपछि सिधै गाउँपालिकाले ब्यवस्था गरेको क्वारेन्टाइनमा बस्दै आएकी थिइन् । युवती मृ’त फेला फरेपछि आ’क्रोशित आफन्त र स्थानीयवासीले स्वास्थ्यचौकी तो’डफोड समेत गरेका छन् ।

स्थिती त नावपूर्ण भएपछि जिल्लाबाट प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाको नेतृत्वमा थप प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख पौडेलले जानकारी दिनुभयो ।       तस्बिर : प्रतीकात्मक रूपमा प्रयोग गरिएको हो ।

तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला। थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति August 7, 2020